दफा १७७
नाप, जाँच वा नक्सा गर्न सक्ने

(१) विवाद परेको अचल सम्पत्तिको नाप, नक्सा वा नाप जाँच नगरी मुद्दाको किनारा गर्न नहुने देखिएमा अदालतलेत्यस्तो सम्पत्तिको नाप, जाँच वा नक्सा गराउन आदेश दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भई त्यस्तो सम्पत्तिको नाप, जाँच वा नक्सा गराउनु परेमा अदालतले दुवै पक्षलाई त्यस्तोनाप, नक्सा वा जाँच गर्नु पर्ने ठाउँ तोकी त्यस्तो ठाउँमा हाजिर हुन जानु भनी तारिख तोकी वा तारिखको सूचनादिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम तोकिएकोे तारिखको दिन अदालतका कम्तीमा राजपत्रअनङ्कित द्वितीय श्रेणीका एकजना कर्मचारी रअमिन अचल सम्पत्ति नाप जाँच हुने ठाउँमा गई मुद्दाका दुवै पक्ष, उपलब्ध भएसम्म स्थानीय तहका कम्तीमा एक जनाप्रतिनिधि र कम्तीमा दुई जना स्थानीय व्यक्तिलाई समेत रोहबर राखी जुन अचल सम्पत्तिको नाप, नक्सा वा जाँचगर्न पर्ने हो सो नापी जाँची नक्सा मुचुल्का समेत तयार गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम नाप, जाँच वा नक्सा गरिसकेपछि अदालतबाट खटी गएका कर्मचारीले त्यस्तो नक्सा मुचुल्कामासम्बन्धित पक्ष, स्थानीय व्यक्ति र स्थानीय तहका प्रतिनिधिको सहीछाप गराई त्यस्तो मुचुल्कामा आफ्नोे नामलेखी सहीछाप गरी नाप, जाँचको तीनप्रति नक्सा तयार गरी त्यस्तो नक्सामा समेत नापजाँच गर्ने कर्मचारीको नाम,थर तथा पद खुलाई सहीछाप गरी त्यसको एक एक प्रति मुद्दाका पक्षलाई दिई बुझिलिएको भरपाई गराई बाँकी एक प्रतिनक्सा, भरपाई र मुचुल्का अदालतमा दाखिला गरी सम्बन्धित मिसिल सामेल गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम नाप जाँच वा नक्सा गर्दा पक्षहरू उपस्थित नभएमा वा उपस्थित भए पनि नक्सा मुचुल्कामा सहीछापगर्न मञ्जुर नगरेमा वा पक्षहरू तारिखमा हाजिर नभएको मुद्दा भए उपदफा (४) बमोजिमका अन्य व्यक्तिहरू राखीनक्सा, नाप वा जाँच गरी पक्ष उपस्थित नभएको वा भए पनि सहीछाप नगरेको व्यहोरा कैफियत जनाई खटिएका कर्मचारीलेआफ्नो र स्थानीय तहको कम्तीमा एक जना प्रतिनिधिको सहीछाप गरी गराई त्यस्तो नक्सा मुचुल्का अदालतमा दाखिलागरी मिसिल सामेल राख्नु पर्नेछ ।
(६) यस दफा बमोजिम स्थानीय तहको प्रतिनिधि उपस्थित हुनु पर्नेमा निजलाई सूचना दिँदा पनि उपस्थित नभएमा निजउपस्थित नभएको कारणले मात्र अन्य कार्यविधि पूरा भएको नाप, जाँच वा नक्सा बेरीतको मानिने छैन ।
(७) यस दफा बमोजिम रीत नपुगेको नाप, जाँच वा नक्सा प्रमाणको लागि ग्राह्य हुने छैन ।
(८) यस दफा बमोजिम कुनै अचल सम्पत्तिको नाप नक्सा वा जाँच गर्दा अदालतबाट नाप जाँच गर्न खटिएको कर्मचारीलेबद्नियत चिताई त्यस्तो अचल सम्पत्तिको वास्तविक वा यथार्थताभन्दा फरक हुने गरी नाप, नक्सा वा जाँच गरेकोपाइएमा त्यस्तो कर्मचारीलाई दश हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यस्तो कर्मचारी उपर विभागीय कारबाही समेतहुनेछ ।